नयाँ मन्त्रीहरूको शपथ २ बजे, संगीता मिश्राको शपथ अनिश्चित

सोमबार, ०६ असोज २०८२

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन्।

तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने शपथ हुने नहुने निश्चित भइनसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी मिश्रालाई मन्त्री सिफारिस गरेसँगै हल्लीखल्ली मच्चिएको छ । मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उनको विवादित पृष्ठभूमि खुलेसँगै हल्लीखल्ली मच्चिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार मिश्रालाई मन्त्रीमा नियुक्त गरिएपनि एकाएक प्रधानमन्त्री कार्यालयबाट अहिले उनको नाममा केही नगर्नु भन्ने जानकारी आइको छ ।

५ मन्त्रीको नाम शीतल निवासमा जाँदा मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका तोकिएको थियो ।

मन्त्री बन्ने निश्चित भएपछि मिश्राले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । तर, स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा उनीमाथि प्रश्न उठेको पाइएपछि विवाद हुने बुझाइप्रधानमन्त्री कार्यालउको भनाइ छ ।

सोही कारण उनको मन्त्री पदको शपथ हुने कि नहुने भन्ने मै अन्योल रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार