काठमाडौँ : सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे सत्य–तथ्य उजागर गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि अर्थमन्त्री रामेश्वर खनालले आयोग गठनको निर्णय सार्वजनिक गरेका हुन् ।
विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीको नेतृत्वमा बनेको यो आयोगले भदौ २३–२४ गते भएका प्रदर्शन तथा त्यसक्रममा भएको जनधनको क्षति सम्बन्धी अनुसन्धान अघि बढाउनेछ ।
यसअघि मन्त्रिपरिषद्ले आयोग गठनको सैद्धान्तिक सहमति मात्र दिएको थियो । अब आयोग औपचारिक रूपमा सक्रिय हुने भएको छ ।
भदौमा भएको आन्दोलनमा ठूलो सङ्ख्यामा युवा सहभागी थिए भने अहिलेसम्म ७४ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया