प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट

आइतबार, ०५ असोज २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् । 

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार