वेस्ट इन्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्ने

सोमबार, १३ असोज २०८२

काठमाडौँ : युनिटी कप टी–२० सिरिजमा नेपालले आज दोस्रो खेलमा वेस्ट इन्डिजसँग भिड्दैछ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने घोषणा गरेको छ। कप्तान रोहित पौडेलले आक्रामक सुरुवातमार्फत सिरिजमै जित सुनिश्चित गर्ने लक्ष्यसहित ब्याटिङ रोजेका हुन्।

नेपालले सिरिजको पहिलो खेलमै वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा ल्याइसकेको छ। त्यसपछि आजको खेल नेपालका लागि सिरिज जित्ने अवसरका रूपमा आएको छ भने वेस्ट इन्डिजका लागि सिरिजमा फर्किने निर्णायक मौका बनेको छ।

सिरिजको तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर ३० मा हुनेछ।

आजको खेलको नतिजाले नै सिरिजको गति निर्धारण गर्ने भएकाले नेपाली क्रिकेटप्रेमी उत्साहपूर्वक प्रतीक्षा गरिरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार