एक खेल अगावै नेपाललाई युनिटी कपको उपाधि, टेस्ट राष्ट्र वेस्ट इन्डिज स्तब्ध

वेस्ट इन्डिज नेपाली बलरहरूको आक्रामक बलिङ अगाडि १७.१ ओभरमै ८३ रनमा समेटियो।

सोमबार, १३ असोज २०८२
PHOTO : CAN

नेपालले युनिटी कप टी–२० सिरिजमा एक खेल अगावै उपाधि जितेको छ। सिरिजको दोस्रो खेलमा नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो। नेपालका लागि विकेटकिपर ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रनको शानदार पारी खेले भने सन्दीप जोराले ३९ बलमा ६३ रनको आक्रामक योगदान दिए। अन्तिमतिर आदिल अन्सारीले ५ बलमा ११ रन जोड्दै टोलीलाई सशक्त स्कोरमा पुर्‍याए।

१७४ रनको लक्ष्य पछ्याउन उत्रिएको वेस्ट इन्डिज नेपाली बलरहरूको आक्रामक बलिङ अगाडि १७.१ ओभरमै ८३ रनमा समेटियो। वेस्ट इन्डिजका जेसन होल्डरले १५ बलमा २१ रन बनाउँदै केही प्रतिरोध गरे पनि अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा खासै जम्न सकेनन्।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। आदिल अन्सारीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए भने कुशल भुर्तेलले २.१ ओभरमा १ मेडनसहित १६ रन दिँदै ३ विकेट झारे। दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा ४ रन मात्र खर्चेर १ विकेट हात पारे भने करण केसी र ललित राजबंशीले पनि १–१ विकेट लिए।

यसअघि सिरिजको पहिलो खेलमा १९ रनले विजयी भएको नेपालले दोस्रो खेलमा अझै प्रभावशाली प्रदर्शन गर्दै २–० ले अग्रता बनाएको छ। यससँगै नेपालले तीन खेलको सिरिज एक खेल बाँकी रहँदै उपाधि आफ्नो बनाएको हो।

May be an image of 1 person and text

May be an image of 7 people and text that says 'CAN LALIT 1 27 f 6 SEC- NEP GULSHAN 15 15年 TI NAASA SECURITIES JEPAL 1 21 33 四 ROME TI Jaf'May be an image of 2 people and text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार