बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउने : मुख्यमन्त्री कार्की

विहीबार, १६ असोज २०८२
file pic

मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी २०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले विजया दशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात् गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन्।

उनी मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण तथा संवर्द्धनमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पनि गरेका छन्।

दसैँ पर्वले नयाँ उमङ्ग, उत्साह र राष्ट्रिय एकतालाई अझ सबल बनाउँदै आपसी सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्न महत्वपूर्ण योगदान पु¥याउने मुख्यमन्त्रीको धारणा पनि शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार