पाँचथर सवारी दुर्घटना : घाइतेको पहिचान खुल्यो (नामावलीसहित)

शनिबार, १८ असोज २०८२

 पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिवार दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ ।

दुर्घटनामा परी घटनास्थलमै ६ जनाको मृत्यु भए पनि मृतकहरूको सनाखत अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

शनिवार बिहान ताप्लेजुङबाट धरानतर्फ आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई करिब ३ सय मिटर तल तमोर खोलाको किनारमा खसेर दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार गाडीमा १२ जना सवार रहेका मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी ६ जना घाइते भएर धरान र पाँचथरका अस्पतालमा उपचाररत छन् ।

घाइतेको पहिचान

  • ताप्लेजुङ मिरिङ्दन गाउँपालिका–५ का २२ वर्षीय महेश लिम्बू : निधार, दायाँ आँखामाथि र टाउकोमा चोट, अवस्था मध्यम।

  • ताप्लेजुङ मिक्लाखोला गाउँपालिका–४ की २५ वर्षीया मनु सावा लिम्बू : निधार, अनुहार, छाती र दायाँ आँखामाथि चोट, अवस्था गम्भीर।

  • मिक्लाखोला–४ का ७ वर्षीय अनीश लिम्बू (सन्तोष लिम्बूका छोरा) : दायाँ खुट्टामा चोट, अवस्था सामान्य।

  • सुनसरी इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाईँ : ढाडमा चोट।

  • अन्दाजी २५ वर्षीय पुरुष (पहिचान नखुलेको) : टाउको र अनुहारमा गम्भीर चोट।

  • मिक्लाखोला–४ का ३० वर्षीय संजोहाङ लिम्बू : टाउको पछाडि गहिरो चोट, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट, पाँचथर जिल्ला अस्पतालमा उपचाररत।

प्रहरीका अनुसार मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ भने घाइतेहरूको उपचार जारी छ।

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार