झापामा सगरमाथा यातायातको बस दुर्घटना हुँदा चालकको मृत्यु

सोमबार, २० असोज २०८२

झापा ।  झापामा सगरमाथा यातायातको बस दुर्घटना हुँदा घाइते भएका  चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

 असोज १६ गते बिहान ९ः३० बजे झापाको बिर्तामोड नगरपालिका–६, गिरि बन्धु टी-स्टेट अगाडि सगरमाथा यातायात प्र १-०१-००१ ख ४४५९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको थियो । बस विराटनगर वाट काँकडभिट्टा तर्फ जाँदै थियो।

दुर्घटनामा बस चालक, मोरङ, विराटनगर महानगरपालिका–२ बस्ने ४५ वर्षीय मुकुन्द बि।क। घाइते भएका थिए। उनलाई तत्काल बीएण्डसी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। 

तर उपचारको क्रममा आज (सोमबार) दिउँसो १ बजे उनको मृत्यु भएको छ। उनको शव हाल सोही अस्पतालमा राखिएको छ।

प्रहरीले दुर्घटनाको कारण र अन्य विवरण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार