झापा : झापा गाउँपालिकाका बाढीपीडितका लागि झापा जेसीजले ९० बोरा चामल हस्तान्तरण गरेको छ।
एक लाख ५५ हजार रुपैयाँ बराबरको राहत सामग्री झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु देवी थपलिया र ‘एकका लागि एक अभियान’ झापाका सदस्य लीला चिमरियालाई हस्तान्तरण गरिएको थियो।
झापा जिल्लाभरका १८ वटा शाखा र जेसीजका पूर्वअध्यक्ष समाजसँगको समन्वयमा राहत सामग्री वितरण गरिएको थियो। कार्यक्रमका संयोजक डा. मुकेशकुमार शाहले बाढीपीडितको सहयोगमा सबै शाखा, संस्था र व्यक्तिहरूको योगदान उल्लेखनीय रहेको बताए।
कार्यक्रममा सुरुङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधान, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य, धुलाबारी जेसीजका अध्यक्ष दिलीप भण्डारी, र पूर्वअध्यक्ष समाजका अध्यक्ष रमेश पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
त्यसैगरी, सुरुङ्गा जेसीजका पूर्वअध्यक्ष शिव कँडेल, कमल कट्टेल तथा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कुमारसिंह सावाँको पनि आतिथ्य रहेको थियो।
बाढीपीडितको सहयोगार्थ कङ्गारु एजुकेसन फाउन्डेसनले २१ हजार रुपैयाँ प्रदान गरेको थियो। सो रकम विशाल कार्की र आशीष सङ्ग्रौलाले उपलब्ध गराएका थिए। त्यस्तै, एनआरएनए भी च्याप्टरका पूर्वअध्यक्ष विशाल कार्कीले २५ हजार, एनआरएनए एनसीसी युथका अडिनेटर आशीष सङ्ग्रौला र भाइस प्रेसिडेन्ट झापाली समाज युएसएले १५ हजार रुपैयाँ प्रदान गरेका थिए।
प्रतिक्रिया