पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

मंगलबार, २८ असोज २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स कम्पनी र समृद्धि फाइनान्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति दिएको छ। केन्द्रीय बैंकले सोमबार (असोज २७ गते) पत्र पठाउँदै मर्जर प्रयोजनका लागि कार्यसम्पादन गर्न दुवै कम्पनीलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।

पोखरा मुख्य कार्यालय रहेको पोखरा फाइनान्स र हेटौँडा मुख्य कार्यालय रहेको समृद्धि फाइनान्सले मर्जरमा जान दुई कम्पनीबची गत साउन ४ गते सम्झौता भएको थियो। समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।

प्रारम्भिक सझदारीअनुसार मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर स्वामित्व बराबर अर्थात १ः१ अनुपात कायम गरिएको छ। यदि डीडीए प्रतिवेदनमा १० प्रतिशतभन्दा फरक भएमा प्राप्त निवेदनउपर संयुक्त मर्जर समितिमा विस्तृत रुपमा छलफल गरी दुवै संस्थाको शेयर स्वाप रेसियो कायम गरिने सहमति भएको छ ।

मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीको रहेको छ ।

अहिले पोखरा फाइनान्सका २४ वटा शाखा छन् । उक्त फाइनान्ससँग हाल १ अर्ब ८ करोड चुक्ता पुँजी रहेको छ । त्यस्तै, समृद्धि फाइनान्ससँग हाल ८१ करोड ८९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार