काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना प्रदर्शनकारी भएको नेपाली सेनाले जानकारी दिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा उपरथी अनुपजंग थापाले आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको बताएका हुन् ।
थापाले आन्दोलनका क्रममा कम घातक नियन्त्रण उपाय अपनाएको जानकारी पनि दिए । सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया