तालाबन्दीले सुनसान बन्यो कांग्रेस केन्द्रीय कार्यालय (तस्बिरहरु)

सोमबार, १७ कार्तिक २०८२

नेपाली कांग्रेस सुधार अभियानले केन्द्रीय कार्यालय सानेपाको मुख्य गेटमा ताला लगाएपछि पार्टी कार्यालय सुनसान देखिएको छ। १५ औं महाधिवेशन मिति घोषणा र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी कार्यालयमा ताला लगाएका थिए । असोज २८ गतेदेखि सुरू कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार