सुनसरीमा कति खस्यो मत ? यसो भन्छन् सिडिओ

आइतबार, ०४ मंसिर २०७९
इटहरी : सुनसरीमा करीब ६५ प्रतिशत मत खसेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमै करीब ६५ प्रतिशत मत खसेको हो । आज (आइतबार) भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाभर ६५ प्रतिशत मत खसेको उनले जानकारी दिए । ‘ठ्याक्कै संख्यामा विवरण आउनका लागि राति १० बज्छ,’ प्रजिअ यादवले भने, ‘आजै राति सर्वदलीय बैठक बसेर आजैबाट मतगणना जारी हुन्छ ।’ प्रारम्भिक जानकारी अनुसार सुनसरी क्षेत्र नं। १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको प्रजिअ यादवले बताए । उनका अनुसार जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् । सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा हुने उनले बताए । यस्तै, सुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने प्रजिअ यादवले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार