ठोट्ने खोलामा ७० फिटको बेलीब्रिज जडान, सेनाले गर्यो सडक डिभिजनलाई हस्तान्तरण

आइतबार, १८ माघ २०८२

डेक्स : नेपाली सेनाले स्वर्ण सगरमाथा सडक खण्ड अन्तर्गत ओखलढुङ्गा जिल्लाको ठोट्ने खोलामा ७० फिट लम्बाइको बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त उक्त बेलीब्रिज जडान कार्य पूरा भएपछि नेपाली सेनाले सडक डिभिजन कार्यालय हर्कपुरलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

नेपाली सेनाका अनुसार दुर्गम तथा रणनीतिक महत्त्वको यस सडक खण्डमा पुल जडान भएपछि स्थानीय बासिन्दा, यात्रु तथा मालसामान आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार