समानुपातिक सांसद चयनमा चलखेल भयो - सुनसरी सभापति थापा

विहीबार, २२ मंसिर २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सुनसरी सभापति लालविक्रम थापाले पार्टीभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको बताएका छन् । सुनसरी सभापति थापाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न लागिएको उल्लेख गरेका छन् । प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आज खबरदारी कार्यक्रम गरिने थापाले बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’ रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा हुने खबरदारी कार्यक्रममा सहभागी हुन उनले अनुरोध गरेका छन् । उनले डिजिटल डेमोक्रेसीको कुरा गरेकाले डिजिटल डेमोक्रसीको अवधारणा अनुसार पार्टी चलोस् भन्नका लागि खबरदारी कार्यक्रम आयोजना गरिएको बताए । जनताले सरकारमा नगई खबरदारी गर्नका लागि मत दिएको भन्दै पार्टीले प्रतिपक्षमा रहेर सरकारको खबरदारी गर्नुपर्ने थापाको भनाई थियो । थापा सुनसरी क्षेत्र नम्वर २ मा प्रतिनिधि शभाको निर्वाचनमा पराजित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार