काठमाडौं । भारतका चर्चित फिल्म निर्माता एस.एस. राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ । हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणी मार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पु¥याएको आरोपमा उनि विरुद्ध प्रहरीमा उजुरी परेको हो ।
वानर सेना संगठनले राजामौली विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको हो । राजामौलीले नोभेम्बर १५ मा आफ्नो आगामी फिल्म ‘वाराणसी’ का लागि आयोजित ‘ग्लोब ट्रोटर’ कार्यक्रममा सहभागिता जनाएका थिए । सोही अवसरमा आएको प्राविधिक समस्या बीच उनले “म सूर्यामि भगवान् हनुमानमा विश्वास गर्दिनँ” भन्ने अभिव्यक्ति दिएको दाबी उजुरीमा गरिएको छ ।
सारूरनगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन । “हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” प्रहरी अधिकारीले बताए ।
हजारौँ दर्शक उपस्थित रहेको सो कार्यक्रममा पहिलो पटक ‘वाराणसी’ को टिजर, महेश बाबुको पहिलो झलक तथा फिल्मको शीर्षक सार्वजनिक गरिएको थियो । कार्यक्रममा महेश बाबु, पृथ्वीराज सुकोमरन र प्रियंका चोपडासहित फिल्मका मुख्य कलाकारहरूको उपस्थिति थियो ।
फिल्ममा प्रियंका चोपडा ‘मन्दाकिनी’ को भूमिकामा र पृथ्वीराज ‘कुम्भ’ को भूमिकामा देखिनेछन् ।
प्रतिक्रिया