हर्क साम्पाङ्गले दिए धरान उपमहानगरपालिका प्रमुखबाट राजीनामा

आइतबार, ०४ माघ २०८२

धरान : धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ्ग) ले राजीनामा दिएका छन्। स्वतन्त्र उम्मेदवार बनेर २०७९ सालमा भएको स्थानीय तहको निवार्चनमा धरान उपमहानगरपालिका प्रमुखमा विजयी भएका हर्कले यस अघि नै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने घोष्णा गरेका थिए । 

उपमहानगर प्रमुख हर्कले उपप्रमुख अइन्द्र विक्रम वेघालाई राजीनामा वुझाएका हुन । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्कले सुनसरी क्षेत्र नम्बर १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने यस अघि नै घोषणा गरेका थिए । 

समय समयमा विभिन्न खाले अभिव्यक्ति दिएर चर्चामा आइरहने हर्क आफुलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गर्ने जनाउदै आएका छन्। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार