हरियो धनियाँ र काँक्रोमा भेटियो अत्यधिक विषादी

विहीबार, ०४ मंसिर २०८२

काठमाडौँ । हरियो धनियाँ र काँक्रोमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिहीबार केन्द्रीय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परीक्षणमा काँक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो ।

विषादी परीक्षण अवशेषको रिपोट अनुसार भक्तपुरका किसान स्वस्थानि के.सीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो । त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काँक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो ।

अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरकारी उपभोग योग्य मानिन्छ । ४५ प्रतिशत वा त्यसभन्दा माथि विषादी भेटिएको हकमा उक्त तरकारी नष्ट गर्नुपर्ने प्रावधान छ । यदि ३५ देखि  ४५ प्रतिशतको  बिचमा विषादी मात्रा रहेको अवस्थामा भने केही दिन राखेर प्रयोग गर्न सकिने प्रावधान रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार