मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडियो

मंगलबार, २३ मंसिर २०८२

काठमाडौं । मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्गअन्तर्गतको सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले उक्त सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी हेटौंडासँगको ठेक्का सम्झौता रद्द गरिएको सूचना मंगलबार जारी गरेको छ ।

सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो । सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ ।

४ र कुनै ठाउँमा ६ लेनमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार