काठमाडौं : तत्कालिन गृह मन्त्री रमेश लेखकले जाँचबुुझ आयोगमा बयान दिन जाने वताएका छन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गर्न बल प्रयोग गरेको भन्ने विषयमा तत्कालिन गृह मन्त्री लेखकलाई सरकारद्धारा गठिन जाँचवुझ आयोगले बयानका लागि पत्र काटेको थियो ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा आफु बयान दिन जाने बताएका हुन् । कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने जानकारी दिएका छन् ।
लेखकले भने , मैंले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’ भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृह मन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।
प्रतिक्रिया