देशभर ५ हजार स्कुल ब्याग वितरण अभियान तीव्र

शनिबार, १९ पुस २०८२

काठमाडौं : नेपालभर करिब पाँच हजार स्कुल ब्याग वितरण गर्ने लक्ष्यसहित महारुद्र परिवारले सुरु गरेको सामाजिक सेवा अभियान तीव्र गतिमा अघि बढिरहेको बताइएको छ।

अभियानअन्तर्गत कर्णालीका विभिन्न क्षेत्र, कैलाली, चितवन, बाग्लुङ र ललितपुरका विद्यालयमा स्कुल ब्याग वितरण सम्पन्न भइसकेको जनाइएको छ। आगामी चरणमा झापा, इलाम र नवलपरासीका विभिन्न विद्यालयमा स्कुल ब्याग वितरण गरिने महारुद्र परिवारले जनाएको छ।

अभियानमा महारुद्र परिवारका साथै महारुद्रका परम भक्त तथा NSN Pearl Green Tea कम्पनीका सञ्चालक सुजन श्री गौतमको विशेष सहयोग रहेको बताइएको छ। कार्यक्रम महारुद्र परिवारका अध्यक्ष गुरु खगेन्द्र पोखरेलको नेतृत्वमा सञ्चालन भइरहेको जनाइएको छ।

यसअघि पनि महारुद्र परिवारले प्राकृतिक विपद् तथा दुर्गम क्षेत्रका पीडित नेपालीहरूलाई निरन्तर सहयोग गर्दै आएको बताइन्छ। डा. निकोलश भुसालले नेपाली भएर नेपालमै शान्तिपूर्ण रूपमा, राजनीति नघुसाई सामाजिक सेवा गर्न सरकारको सहकार्य आवश्यक रहेको बताएका छन्।

baggg

साथै, महारुद्र परिवार नेपालकै एकमात्र धार्मिक सेवाकारी परिवार भएको उल्लेख गर्दै अभियानमा सबैलाई जोडिन आह्वान गरिएको जनाइएको छ।

सामग्री वितरणमा सामाजिक अभियन्ता सोम शर्माको विशेष मेहनत रहेको बताइएको छ। यसका साथै विजय शाह, सुप्रिया राज्यलक्ष्मी शाह, मोहन खतिवडा, त्रिलोचन सुवेदी, मोहन अभिलाषी, सुरक्षा कुवर, गीता श्री पराजुली, अजित खतिवडा, रुपेश पोखरेल, सुयोग कुवर, पूजा भुजेल, सन्दिप खतिवडा तथा महारुद्र महिला समूहको उल्लेखनीय योगदान रहेको महासचिव एस.के. लम्सालले जानकारी दिएका छन्।

यसैबीच, आउँदो महाशिवरात्रिको अवसरमा पशुपतिनाथको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ। माघ २४ गतेदेखि फाल्गुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञमा सहयोग गर्न संस्थाका कोषाध्यक्ष खेम खरेलले अनुरोध गरेको बताइएको छ।

महायज्ञ अवधिभर Gen-Z आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा विशेष दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने अध्यक्ष गुरु खगेन्द्र पोखरेलले जानकारी दिएका छन्।

bagg

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार