पाँचथर : पाँचथरको फिदिममा आयोजित शिक्षक मैत्री जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी फालेलुङ गाउँपालिकाले जितेको छ ।
प्रतिस्पर्धी मिक्लाजुङ गाउँपालिकाको शिक्षक टिमलाई ३ मध्ये २ सेटमा हराउँदै फालेलुङ शिक्षक मैत्री खुल्ला भलिबल विजेता बनेको हो ।
जितसँगै फालेलुङले नगद ३० हजार सहित प्रमाण पत्र प्राप्त गर्दा दोस्रो स्थान सुरक्षित गरेको मिक्लाजुङले २० हजार नगद सहित प्रमाण पत्रमा चित्त बुझायो ।
नेपाल राष्ट्रिय शिक्षक संघठन जिल्ला समिति पाँचथरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहका शिक्षक सम्बद्ध भलिबल टिम सहभागी थिए ।
सङ्गठनका कोशी प्रदेश अध्यक्ष महेन्द्र गौतमले प्रमुख अतिथिको आसनबाट उद्घाटन गरेको प्रतियोगिताका विजेता र उप विजेता टिम तथा खेलाडीलाई सङ्गठनका कोशी प्रदेश लेखा समिति संयोजक बालकृष्ण लुइँटेल,जिल्ला अध्यक्ष खगेन्द्रराज सुवेदी,पूर्व अध्यक्ष माक्सेमहाङ नेम्वाङ, फिदिम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गजाधर भट्टराई र प्रयोजकहरू सूर्य मगर,चन्द्र काफ्ले र गोपाल लुइँटेल लगायतले पुरस्कार र प्रमाण पत्र वितरण गरे ।
प्रतियोगिताको उद्घाटन सत्रमा जिल्ला स्थित राजनैतिक दलका नेता सँगै शिक्षक सम्बद्ध सङ्घ संघठन र महासङ्घका पदाधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।]
जिल्लामा भलिबल प्रतियोगिताहरू कमै मात्रामा हुने गरेकोमा शिक्षकहरूको खेल प्रतिभालाई उजागर गर्दै पेसागत एकताका लागि सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल राष्ट्रिय शिक्षक संघठनका जिल्ला अध्यक्ष खगेन्द्रराज सुवेदीले बताए ।
प्रतिक्रिया