जनकपुरधाममा गगन थापाको पुतला दहन

बुधबार, २३ पुस २०८२

जनकपुर :  नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जनकपुरधाममा मंगलवार साँझ पुतला दहन गरिएको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले थापा विरुद्ध नारावाजी गर्दै  पुतला दहन गरेका हुन् ।

निधिपक्षधरहरुले गगन थापा विरुद्ध चर्चा नारा समेत लगाएका थिए ।  प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक क्षेत्रमा सवारी आवगमन केही समयका लागि ठप्प बनेको थियो । 

नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले पार्टी कार्यालय सानेपामा दुव्र्यवहार गरेको भन्दै सो कार्य गरेको आरोप लगाउदै थापा विरुद्धमा जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसका युवा नेता राकेश विक्रमले जानकारी दिए । पार्टीले सबै नेतालाई सम्मान गर्न सिकाएको बताउँदै नेता नीधिमाथि भएको दुव्र्यवहार गलत रहेको उनीहरुको भनाइ रहेको थियो ।

काठमाडौंको सानेपस्थित कांग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले मंगलबार दिउँसो पार्टी कार्यायल बाहिर घेराउ गरेर निधीलाई पार्टी कार्यालय प्रवेश गर्ने क्रममा अवरोध गर्न खोजेका थिए । 

निधी कार्यालयमा हुने केन्द्रीय कार्यसम्पादनको बैठकमा सहभागी हुन आइपुगेका नेता निधिलाई बाहिर कार्यकर्ताहरूले घेरेर प्रवेश गर्न रोक्न खोजेको दृष्य सामाजिक सञ्जाल तथा समाचारहरुमा प्रकाशित भएपछि  नीधि पक्षधर काँग्रेस कार्यकर्ताहरु आक्रोसित भएका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार