काठमाडौं । जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा गृह मन्त्री अर्यालले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै लाभ रहेको बताएका हुन् ।
गृहमन्त्रीले भने,‘जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो । जेनजीका मुद्दा छलफल हुँदाखेरी जेनजी स्वतः यो छलफलको आदी हिस्सा हो । किनकी सरकारसँग जेनजीले सम्झौता गरेको छ । जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मानेको अवस्थामा सबैलाई लाभ नै लाभ छ । त्यसकारण परिवर्तनलाई स्वीकारर्नुपर्छ अनि मात्र हिंसा दोहोरिदैन् ।’
त्यस्तै उनले विधिको शासन मिचेर गरेको काम सुशासन नहुने धारणा समेत राखे । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यसलाई सुशासन मान्न नसकिने उनको भनाई थियो । जेनजीको सपना सुशासन हो । सुशासनका लागि विधिको शासन अपरिहार्य छ । त्यसैले सुशासनको लागि सरकार लागेको छ गृहमन्त्रीले भने ।
निर्वाचन सुरक्षित र निष्पक्ष रुपमा सम्पन्न हुने गृहमन्त्रीले दाबी गरे । गृहमन्त्री अर्यालले पीडितको न्यायको लागि लडेर आएको मानिस आफू भएको कारण राजनीतिमा नजाने समेत जानकारी गराए ।
प्रतिक्रिया