सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण

विहीबार, २४ पुस २०८२

वीरगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । 
सशस्त्र प्रहरीले आज वीरगञ्ज कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरुका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले दिवसको अवसरमा सशस्त्र प्रहरीले न्यायो कपडा वितरण गरेको जानकारी दिए ।

 

त्यसैगरी सशस्त्र प्रहरीले आज नै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँमिा रहेको बविता पराजुली आधारभुत विद्यालयको प्राङ्गणमा आँखा शिविर सञ्चालन गरेको थियो । सो शिविरबाट ७८ जना स्थानीयबासी लाभान्वित भएको जनाइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार