काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा मधेस प्रदेशमा वाचन गरेको ‘सागर के तुफान को भी हमने बस में किया है...’ पंत्ति स्मरण गराउदै रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।
तत्कालिन माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्य रहेका रहबरले हुलाकमार्फत प्रचण्डलाई पत्र पठाउदै पार्टी परित्याग गरेको जानारी गराएका हुन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई सम्बोधन गर्दै रहबरले लेखेको पत्रमा माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरिएको जनाइएको छ । अन्सारीले पठाएको पत्रमा विगतमा प्रचण्डले वाचन गरेको वाक्य स्मरण गराउदै आफू विरोधाभासको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया