विराटनगरमा किशोरीलाई बन्धक बनाएर यौन कार्यमा लगाउने रेस्टुरेन्ट सञ्चालकसहित दुई जना पक्राउ

बुधबार, २३ पुस २०८२

विराटनगर ।  गीत गजल रेस्टुरेन्टका सञ्चालकसहित दुई जनालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । गजल रेस्टुरेन्टमा किशोरीलाई बन्धक बनाएर यौन कार्यमा लगाउने र शारीरिक यातना दिने गरेको आरोपमा विराटनगर महानगरपालिका वडा नम्बर ११ रोडशेषमा रहेको भिन्तुना गीतगजलका सञ्चालक र त्यहाँ कार्यरत एक जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १२ का  गीत गजल रेस्टुरेन्ट सञ्चालक परशुराम कामत र विराटनगर महानगरपालिका वडा नम्बर ८ का मनिष ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । कतवालका अनुसार झापा १६ वर्षीया किशोरीलाई विगत ५ महिनादेखि सो गजलमा काम लगाइएको पाइएको छ । 

सञ्चालक र कर्मचारी मिलेर काममा राखिएकी किशोरीलाई भारतीय नागरिकहरूसँग यौन क्रियाकलाप गर्न लगाएको र एउटा कोठामा राखी शारीरिक यातनासमेत दिएको प्रहरीले जनाएको छ । पीडितको उद्वार गरी उनले दिएको लिखित जाहेरीका आधारमा मंगलबार उ गीत गजल रेस्टुरेन्ट सञ्चालक सहित कर्मचरीलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ  परेकाहरु माथि मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार