काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी आगामी ९ महिनादेखि १ वर्षसम्म मैदानबाहिर रहने भएकी छिन् । अस्ट्रेलियाको ए लिग खेल्ने क्रममा घाइते भएकी उनलाई स्वस्थ हुन यति लामो समय लाग्ने भएको हो ।
अस्ट्रेलियामा वेलिङ्टन फिनिक्सको लागि खेलिरहेकी ‘साम्बा’लाई घुँडाको गम्भीर चोट लागेको बताइएको छ । जनवरी ३ मा ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको छ ।
साम्बाले सन् २०२१ मा पनि दाँया घुँडाको शल्यक्रिया गराएकी थिइन्। त्यतिबेला उनको एसीएल ग्राफ्र गरिएको थियो । अहिले सोही एसीएल ग्राफ्ट पुनः टियर भएको पुष्टि भएको छ । अब उनलाई स्वस्थ हुन ९ देखि १२ महिना लाग्ने बताइएको छ ।
प्रतिक्रिया