लेटाङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुधबार, २३ पुस २०८२
Filephoto

मोरङ । मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित राजमार्गमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसले विपरीत दिशाबाट लेटाङतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा साइकलयात्री लेटाङ नगरपालिका–९ निवासी ५४ वर्षीय योगेन्द्र थापाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

घाइते थापालाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न बस, बस चालक झापा धुलाबारी नगरपालिका–१० का ३२ वर्षीय दोर्ण खवासलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार