लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता

बुधबार, २३ पुस २०८२
फाइल फोटो

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन। अध्यक्ष ठाकुरले आज मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाममा पुगेर मनोनयन दर्ता गराएका हुन। 

अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा रानी शर्मा तिवारी रहेकी छन । निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका  अनुसार राष्ट्रिय सभा सदस्य पदका लागि मतदाताहरुमा मधेसको प्रदेशसभातर्फ १०४ जना र स्थनीय तहतर्फ २६६ मतदाता रहेका छन् ।

ठाकुरको उम्मेदवारी पछि सोही पार्टीका नेता शरतसिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन । भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससँग सहमति गरी सोही आधारमा उम्मेदवारी दिइएको जानकारी दिएका छन । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको चार वटा रिक्त पदका लागि उम्मेदवारी दर्ता भएका छन। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार