प्रधानमन्त्री कार्कीलाई पृथ्वीजयन्ती कार्यक्रममा सहभागी हुन राप्रपाको निमन्त्रणा

विहीबार, २४ पुस २०८२
File Photo

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी यही पुस २७ गते आयोजना हुने पृथ्वीजयन्ती विशेष चियापान कार्यक्रममा सहभागी हुन निम्तो दिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले चियापान कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि श्रेष्ठले जानकारी दिए ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २७ गते देशभर विभिन्न कार्यक्रम गरी मनाइनेछ । दिवसका अवसरमा पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धासुमन अर्पण गरिनेछ ।

यस अवसरमा सिंहदरबार पश्चिम ढोका अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार