एनएमबि बैंकको ३०औँ साधारण सभा सम्पन्न, सेयरधनीलाई १०% लाभांश घोषणा

विहीबार, २४ पुस २०८२

काठमाडौँ : एनएमबि बैंक लिमिटेडले आफ्नो ३०औँ वार्षिक साधारण सभा बिहीबार सफलतापूर्वक सम्पन्न गरेको छ।

काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित सभाले सेयरधनीहरूका लागि १० प्रतिशत लाभांश प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसअनुसार ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश सेयरधनीलाई प्रदान गरिनेछ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २०८२ असार मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

सो अवधिमा बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै २४३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सुदृढ वित्तीय अवस्था, स्थिर नाफा र आकर्षक लाभांश घोषणासँगै एनएमबि बैंकले सेयरधनीको विश्वास थप मजबुत बनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार