प्याब्सन झापाको स्थापना दिवसमा प्रदेश खबरकर्मी भण्डारी सम्मानित

विहीबार, २४ पुस २०८२

झापा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

स्थापना दिवसको अवसरमा बिर्तामोडमा आयोजित जिल्ला स्तरीय समारोहमा शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

समारोहमा प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम, गायन तथा नृत्य प्रतियोगितासहित सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा संस्थागत विद्यालयहरूले जिल्लाको शैक्षिक विकासमा पु¥याएको योगदानको समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने दिशाबारे समेत छलफल गरिएको थियो ।

संस्थापक प्रिन्सिपल सम्मानतर्फ योगदान र विशिष्टताको आधारमा विराटज्योति अंग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालयका धरणीरस मैनाली र प्रभुकुमार श्रेष्ठ तथा रूपरत्न अंग्रेजी माध्यमिक विद्यालय, अर्जुनधारालाई सम्मान प्रदान गरिएको छ ।

यस्तै, मरणोपरान्त संस्थापक सम्मानअन्तर्गत टावर टेम्पल अंग्रेजी विद्यालय, बिर्तामोडका संस्थापक प्रिन्सिपल स्वर्गीय नरेशमान धिमाललाई श्रद्धासहित सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

अविछिन्न कार्यरत शिक्षक सम्मानतर्फ हरिकुल नमूना माध्यमिक विद्यालय, कनकाईका शिक्षक मुक्ति दाहाल पुरस्कृत भएका छन् भने उत्कृष्ट पालिका सम्मानतर्फ प्याब्सन अर्जुनधारालाई सम्मान गरिएको छ ।

पत्रकारिता क्षेत्रबाट प्रदेश खबरकर्मी सुरेन्द्र भण्डारी तथा नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने सम्मानित भएका छन् । पत्रकार भण्डारी इकोनोमिक मिडिया एशोसिएसन (इमान) का प्रथम सचिव तथा पूर्वाञ्चल दैनिकका सह–सम्पादक रहेको जानकारी दिइएको छ ।

यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको छ । सम्मानित विद्यार्थीहरूमा प्रज्ञा एकाडेमी, भद्रपुरकी मिनकुमारी दास, नेशनल मेरीगोल्ड स्कूलका प्रनिल सत्याल, बाल्मीकि एजुकेशन फाउन्डेशन, बिर्तामोडका हृदयप्रसाद शिवाकोटी र अंकित कटुवाल रहेका छन् ।

त्यस्तै, माउन्ट एभरेष्ट विद्यालय, गौरादहका अर्पण रोय र जेनिस कोइराला, इमिनेन्ट कञ्चनजंघा स्कूलका कुशल लिम्बू, हेमन्त राजवंशी र मुना पाण्डे, नमूना अंग्रेजी विद्यालय, गौरादहकी सुमेधा कोइराला र अलिसा सापकोटालाई पनि सम्मान गरिएको छ ।

पारिजात अंग्रेजी माध्यमिक विद्यालयकी नम्सा लिम्बू थलाङ, ज्ञानकुञ्ज एकाडेमीका सागर राउत तथा ज्ञानोदय आवासीय माध्यमिक विद्यालय, गौरीगञ्जकी सलिना कार्कीलाई उत्कृष्ट शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्याब्सनका वरिष्ठ सल्लाहकार टिकाराम पुरी प्रमुख अतिथि रहेका थिए । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीसहित प्रमुख अतिथि पुरीले सम्मानित व्यक्तित्वहरूलाई सम्मान–पत्र प्रदान गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार