झापा : जेनजी आन्दोलनको क्रममा इप्रका दमकको हिरासत कक्षबाट फरार भएका लागुऔषध मुद्दाका एक युवकलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ निवासी १९ वर्षीय करण यादव रहेका छन् । उनी २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेर फरार भएका थिए ।
इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–६ स्थित थाना रोड क्षेत्रबाट यादवलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका यादवलाई इप्रका दमकमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा रहेको र कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया