प्रधानमन्त्री कार्कीले लिइन् आगामी निर्वाचनबारे जानकारी

शुक्रबार, २५ पुस २०८२
निर्वाचन आयोगका प्रतिनिधिहरुसंगको भेटमा प्रधानमन्त्री कार्की

काठमाडौं :  प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको गरेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् ।

निर्वाचन आयोगका प्रतिनिधिहरुसंगको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्वन्धमा समेत छलफल गरेकी हुन्। 

प्रधानमन्त्री कार्कीसंग बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीसंगको भेटमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार