इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी, अरू कसले जिते ?(नामावलीसहित)

मंगलबार, २९ पुस २०८२

काठमाडौँ : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) विजयी भएका छन् । सोमबार सम्पन्न २०औँ साधारणसभाले आगामी दुई वर्षका लागि एन्ड्रयुलाई अध्यक्ष निर्वाचित गरेको हो ।

सोमबार राति सम्पन्न मतगणनामा पौडेल ३४१ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी दीपकराज भुसालले २४९ मत प्राप्त गरेका छन् ।

andrewप्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएका छन् । लक्ष्मण पौडेल (एन्ड्रयु) र दीपकराज भुसालले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेका थिए ।

उपाध्यक्षमा निर्वाचित वासुदेव दाहाल, गीता शिवाकोटी र कोषाध्यक्ष साधना पुडासैनी एन्ड्रयु समूहका हुन् । उपाध्यक्ष जितेका विकल्पराज पोखरेल भुसाल समूहबाट उम्मेदवार थिए । महासचिवमा भुसाल समूहका भवनाथ हुमागाईँ निर्वाचित भएका छन् ।

दुई सहसचिवमा सुरज सिलवाल र आशिक कार्की विजयी भएका छन् । उनीहरू दुवै जना भुसाल प्यानलबाट निर्वाचित भएका हुन् । कोषाध्यक्षमा साधना पुडासैनी विजयी भएकी छन् । उनी एन्ड्रयु प्यानलबाट उम्मेदवार थिइन् भने सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन् । खनाल भुसाल प्यानलका हुन् ।

सदस्यहरू: अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिम्सिना विजयी भएका छन् ।

610019213_1868278940476767_1762598104745455074_n

612025096_1624235859022055_3202471564962664463_n

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार