राष्ट्रियसभाको अधिवेशन आजदेखि

आइतबार, ०४ माघ २०८२

काठमाडौँ : राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरु हुँदैछ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएकाले अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सञ्चालन हुनेछ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रवार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउनेछन् र हालै निधन भएका नेपाली काँग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनका लागि सबै तयारी पूरा भएको जानकारी दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए। राष्ट्रियसभाको १८ औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार