काठमाडौँ : नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ, धनकुटा र झापाका उम्मेदवार टुंगो लगाएको छ।
पार्टी सचिवालयको शनिबारको बैठकले खोटाङबाट देवविक्रम राई र धनकुटाबाट राजेन्द्र राईलाई प्रतिनिधिसभा उम्मेदवार चयन गरेको छ।
धनकुटाका राजेन्द्र राई यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। झापामा भने प्रतिनिधिसभा सभामुख देवराज घिमिरे झापा–२ बाट पुनः चुनावी मैदानमा उत्रिने भएका छन्। उनी २०७९ मा निर्वाचित भएपछि सभामुख भएका थिए।
यस्तै, झापा–१ मा रामचन्द्र उप्रेती, झापा–४ मा मनोज ताम्ली उम्मेदवार बनाइएका छन् भने झापा–५ मा अध्यक्ष केपी शर्मा ओली आफैँ चुनावी मैदानमा उत्रने तयारीमा छन्।
झापा–३ को उम्मेदवार चयनको अधिकार ओलीकै जिम्मा राखिएको छ।
प्रतिक्रिया