एमालेले प्रतिनिधि सभा चुनावका लागि ९ महिला उम्मेदवार घोषणा

आइतबार, ०४ माघ २०८२

काठमाडौं : नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ९ जना महिला नेतृलाई उम्मेदवारको रूपमा मैदानमा उतारेको छ। यसमध्ये पाँच जना पूर्वमन्त्री रहेका छन्।

एमालेले आफ्नो गृहजिल्ला वा निर्वाचन क्षेत्रबाट महिला नेतृहरूलाई उम्मेदवार बनाएको छ। पूर्वमन्त्री भगवती चौधरी सुनसरी– ३, जुलीकुमारी महतो धनुषा–३, ज्वालाकुमारी साह बारा–३, भगवती न्यौपाने तनहुँ–१ र बिमला बिक बर्दिया–२ बाट उम्मेदवार बनेकी छन्।

त्यस्तै, कञ्चनपुर–१ मा कमला बोहोरा, बागलुङ–२ मा मञ्जु शर्मा चालिसे, ओखलढुंगा–२ मा अस्मिता थापा र सोलुखुम्बुमा कल्पना राईलाई उम्मेदवार बनाइएको छ।

 यी हुन महिला उम्मेदवारहरू 

कञ्चनपुर–१ : कमला बोहोरा

बर्दिया–२ : बिमला बिक

तनहुँ–१ : भगवती न्यौपाने

बागलुङ–२ : मञ्जु शर्मा चालिसे

धनुषा–३ : जुलीकुमारी महतो

बारा–३ : ज्वालाकुमारी साह

सुनसरी–३ : भगवती चौधरी

सोलुखुम्बु–१ : कल्पना राई

ओखलढुंगा–२ : अस्मिता थापा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार