काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि दोलखा निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई उम्मेदवारको टिकट दिएको छ।
कांग्रेस सभापति गगन थापा निकट मानिने शिवाकोटीले टिकट पाएसँगै बागमती प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका युवा नेता कुन्दनराज काफ्ले उम्मेदवार बन्नबाट वञ्चित भएका छन्।
काफ्लेले उम्मेदवार बन्ने उद्देश्यसहित सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए।
उनी बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन्। टिकट नपाएपछि काफ्लेले प्रदेशसभा सदस्य पदसमेत गुमाएका छन्।
कांग्रेसभित्र कृष्णप्रसाद सिटौला निकट मानिने काफ्लेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनप्रति सार्वजनिक रूपमा कडा आलोचना गरेका थिए।
प्रतिक्रिया