कांग्रेस सभापति गगन थापाको नजर मधेश तिर, कहाँबाट बन्दैछन् उम्मेद्वार ?

मंगलबार, ०६ माघ २०८२

काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्। फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा थापाले मधेश प्रदेशको सर्लाही–४ लाई आफ्नो चुनावी क्षेत्र रोजेका हुन्।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले यसपटक सर्लाही–४ बाट प्रतिस्पर्धा गर्ने तयारी अगाडि बढाएका छन्। यसअघि काठमाडौंबाट निरन्तर निर्वाचन जित्दै आएका थापाको सर्लाही रोजाइलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टीले हालसम्म उम्मेदवारहरूको औपचारिक टुंगो र टिकट वितरण प्रक्रिया पूरा गर्न बाँकी राखेको भए पनि थापाको हकमा भने सर्लाही–४ पक्का भएको बुझिएको छ। कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै देशैभरका निर्वाचन क्षेत्रहरूमा आन्तरिक गृहकार्य तीव्र बनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार