पस्चिम नवलपरासी-१ मा नेपाली कांग्रेसबाट बिनोद चौधरीलाई टिकट

मंगलबार, ०६ माघ २०८२

काठमाडौँ : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ।

पार्टीले क्षेत्र नम्बर १ मा उद्योगपति बिनोद चौधरी र क्षेत्र नम्बर २ मा देवेन्द्र राज कँडेललाई टिकट दिने निर्णय गरेको हो।

उद्योगपति चौधरी यसै क्षेत्रबाट २०७९ सालमा निर्वाचित भइसकेका थिए। यसैबीच, कांग्रेसको टिकटको आकाङ्क्षी विक्रम खनाल, जो लुम्बिनी प्रदेशका महामन्त्री हुन्, केही समयअघि रास्वपा प्रवेश गरेका छन् र अब रास्वपाबाट उम्मेदवार भएका छन्।

नेपाली कांग्रेस बाहेक यस क्षेत्रमा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा लगायतका दलहरूले पनि उम्मेदवार टुङ्ग्याइसकेका छन्।

क्षेत्र नम्बर २ का उम्मेदवार कँडेल गत निर्वाचनमा राप्रपाका ध्रुव बहादुर प्रधानसँग पराजित भएका थिए। यसपालि कांग्रेसले उनलाई पुनः उम्मेदवारी दिएको हो, जसले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार