‘म्यान्डेट’ नसकिँदै माथिल्लो पद ताक्दै ‘लोभी नेता’

मंगलबार, ०६ माघ २०८२

काठमाडौँ : आवधिक निर्वाचनको जनमत र नियुक्ति हुँदाको म्यान्डेट कुल्चेर जनप्रतिनिधिको भूमिकामा रहेका केही व्यक्तिहरू ५ वर्षे सांसद बन्न जनमतको अपमान गर्दै निर्वाचनमा होमिएका छन्। जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभाका लागि फागुन २१ मा नयाँ निर्वाचन हुने भएपछि राष्ट्रियसभादेखि प्रदेशसभा र स्थानीय तहका विभिन्न जनप्रतिनिधिले राजीनामा दिँदै चुनावी तयारी थालेका छन्।

कद घटाउँदै पदको लालच

जेनजी आन्दोलनपछिको अवस्था सम्हाल्नका लागि राष्ट्रपतिले नियुक्त गरेकी प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका ‘गैरदलीय’ मन्त्रीहरूमध्ये पनि केहीले नियुक्त हुँदाको म्यान्डेटविपरीत दलीय आबद्धतासहित निर्वाचन तयारी थालेका छन्। स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउन नागरिक सरकारमा मन्त्रीका रूपमा नियुक्त भएका तीन जना मन्त्रीले चुनावी तयारीका लागि राजीनामा दिएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले केही समयअघि राजीनामा दिएका थिए। सूचना प्रविधि एवं सञ्चार मन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर–२ बाट उम्मेदवारी दिन राजीनामा दिएका छन् भने युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सिराहा–१ बाट रास्वपाबाट चुनावी मैदानमा उत्रिने भएका छन्।jagdishhh

सङ्घीय र प्रदेशसभाका सांसदहरूको राजीनामा

राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने र बामदेव गौतमले प्रतिनिधिसभाको उम्मेदवार बन्न राजीनामा दिएका छन्। गौतमलाई बर्दिया–२ बाट निर्वाचन लड्ने गरी टिकट दिइएको भए पनि अन्तिम समयमा यो खोसिएको थियो। श्रेष्ठले सर्लाही–३ बाट नेकपाको उम्मेदवार बनेका छन् भने न्यौपानेले तनहुँ–१ बाट एमालेको उम्मेदवारको रूपमा चुनाव लडेकी छन्।

प्रदेश सभाका धनबहादुर मास्की (नेकपा) र लुम्बिनीका दुई प्रदेश सांसद (नागरिक उन्मुक्ति पार्टी) ले पनि राजीनामा दिएका छन्। चौधरी नाउपा राजीनामा दिई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट चुनाव लड्दै छन् भने मास्की दाङ–३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्।

पूर्वमुख्यमन्त्रीदेखि निवर्तमान सभामुखसम्म

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले मधेश सभाको सदस्यबाट राजीनामा दिई सप्तरी–२ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा चुनाव लडेका छन्। निवर्तमान सभामुख रामचन्द्र मण्डलले पनि प्रदेश सभाबाट राजीनामा दिई सङ्घीय सांसदको उम्मेदवारी लिए।

बागमती प्रदेशबाट चार सांसदले राजीनामा दिएका छन्। एमालेबाट निर्वाचित अमन मास्के, नेकपा युवा प्रतिनिधि युवराज दुलाल, नेपाली कांग्रेसका कुन्दन काफ्ले र राप्रपाका सुनिल केसीले पद त्यागेका हुन्। मास्के काठमाडौँ–६, दुलाल सिन्धुपाल्चोक–२, काफ्ले दोलखा र केसी काठमाडौँ–२ बाट चुनाव लड्ने तयारीमा छन्।

स्थानीय सरकारका प्रमुखहरूको राजीनामा

स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरू पनि सङ्घीय सांसदको उम्मेदवारीका लागि पद त्यागेका छन्। काठमाडौँका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सङ्घीय संसद्को चुनाव लड्ने भएका छन्।

भरतपुर महानगरकी मेयर रेणु दाहाल, धरान उपमहानगरका मेयर हर्क साम्पाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई र ओखलढुङ्गाको लिखु–तामाकोशी गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले पनि पदबाट राजीनामा दिई सङ्घीय संसद्को चुनावमा उम्मेदवारी दिने भएका छन्।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार