मोरङमा एक थुनुवाको उपचारका क्रममा मृत्यु

मंगलबार, ०६ माघ २०८२

मोरङ । इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। मोरङ पथरीशनिश्चरे नगरपालिका–४ बस्ने २३ वर्षीय ज्ञानदिप राई लागू औषध मुद्दामा म्याद थप भईपुष २५ गतेदेखि इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेका थिए।

माघ २ गते  राति ९:१५ बजे उनलाई ज्वरो आउने समस्या देखिएपछि प्रहरी सहायक निरीक्षक उत्तम कटुवालको कमाण्डमा चार जना प्रहरीको टोलीले उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलवारे, मोरङ पुर्‍याएको थियो। 

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले सोही दिन राति १० बजे उनलाई नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो।

प्र.१–०४–००१ झ ००६२ नम्बरको गाडीमार्फत विराटनगर लगिएका राईको उपचारकै क्रममाआज (मंगलबार) बिहान ०४ः३७ बजे नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको  प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार