ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

सोमबार, १९ माघ २०८२

रुपन्देही । चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ‘सोल्जर लाइट’ र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष सचिन रोक्काले बताए ।

उनले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका उपकरणमा पनि क्षति हुँदा आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार