स्कुटीको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

आइतबार, २५ माघ २०८२
झापा : झापाको अर्जुनधारा नगरपालिका–३ गरुवा चौकस्थित विर्तामोड–खुदुनाबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार मिति २०८२ माघ २१ गते बिहान करिब ६:३० बजे विर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बास्कोटालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बास्कोटालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो।

उपचारकै क्रममा माघ २४ गते राति ९:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई तथा स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार