झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

शनिबार, ०३ माघ २०८२

झापा : झापाको बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–८ हर्चना टोलस्थित शैनिकमोड–भद्रपुर सडक खण्डमा शैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र. १–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटना हिजो साँझ करिब ८:१५ बजे भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भद्रपुर नगरपालिका–७ निवासी ३६ वर्षीय सुदिर निरौलालाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति करिब ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार