पूर्वी नेपालमा धमाधम ‘दुई कदम’

मंगलबार, १९ बैशाख २०८०
काठमाडौंँ । उदय सुब्बाको निर्देशन रहेको फिल्म हो ‘दुई कदम’ पूर्वी नेपालका विभिन्न जिल्लामा छायांकन भइरहेको छ । फिल्मको पूर्वका धनकुटा, तेह्रथुम, इलाम, झापा लगायतका स्थानमा छायांकन भइरहेको हो । ८० प्रतिशत छायांकन सकिएको निर्देशक सुब्बाले जानकारी दिए । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको निर्माण छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनील थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आलेमगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ । विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ । फिल्म भदौमा रिलिज हुने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार