दार्चुला हिमपहिरो : दुई महिलासहित तीनजनाको शव भेटियो

बुधबार, २० बैशाख २०८०
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परी बेपत्ता पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव भेटिएको छ । मंगलबारदेखि हिमपहिरोमा हराइरहेकामध्ये तीनको शव आज भेटिएको हो । बेपत्ता रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । दार्चुलाको छाङरूमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब साढे दुई किलोमिटर तल हिउँभन्दा बाहिर तीनवटा शव भेटिएको जानकारी दिए । ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ,’ उनले भने ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन।’ मंगलबार दिउँसोदेखि सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । ‘हिजो पनि राति ९.३० बजेसम्म खोजीमा जुट्यौँ,’ उनले भने ‘आज पनि बिहानदेखि टोली खटिएको छ ।’ उनका अनुसार सो क्षेत्रमा यार्सा संकलकहरु त्रिपालमा बसिरहेका थिए ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार