घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

बुधबार, २० बैशाख २०८०
तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार